Sunday, May 17News That Matters

आज कांग्रेसले देशैभर विरोध प्रदर्शन गर्ने

पूर्णपुष्टि, फागुन ३

संसद विघटनको विरोधमा कांग्रेसले आज देशको ७७ ओटै जिल्लामा बिरोध प्रदर्शन गर्ने भएको छ । संसद विघटन गर्ने केपी ओलीको कदमविरुद्ध सोमबार सबै जिल्लामा बिरोध प्रदर्शन गर्ने जनाएको छ ।

पार्टीका शीर्ष नेताहरुबाट हुने बिरोध सम्बोधनमा पूर्व निर्धारित कार्यक्रमअनुसार सभापति शेरबहादुर देउवाले बुटवलमा हुने सभालाई सम्बोधन गर्नेछन् । यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री प्रकाशसरण महत धादिङ, उपसभापति विमलेन्द्र निधि सप्तरी, महामन्त्री शशांक कोइरालाले दाङको सभालाई सम्बोधन गर्नेछन् ।