Tuesday, June 9News That Matters

बलात्कारको बिषयमा आधारित मेलिना राईको नयाँ गित ‘क्रन्दन’

पूर्णपुष्टि,फागुन २

एक पछि अर्को बलात्कारको घटनाहरू बढे संग मेलिना राइको आवजमा बलात्कारको बिषयमा आधारित एक गित सार्वजनिक भएको छ । विभिन्न वर्ग, क्षेत्र र उमेरका महिलामाथि बलात्कारको घटना बढिरहेको छ । यही घटनालाइ आधार बनाएर ए बक्स फिल्म्स र रिअल टाइम क्रियसनले संयुक्त रुपमा आफ्नो प्रस्तुती ’क्रन्दन’ सार्वजनिक गरेको छ । ‘क्रन्दन’ गत बिहिबार युट्युब च्यानल रिअल टाइम रेकर्डबाट सार्वजनिक भएको हो ।

भिडिओमा दिभांसी बैदवार, युविना भट्टराई, मिरा केसी, आश्ना राना, गीता थापा, सबिना भण्डारी, रमिक सिंह ठकुरी, विपुल राजभण्डारी, निशान खत्री क्षेत्री र अनन्त सिग्देलको अभिनय तथा प्रस्तुति छ ।

विजय अधिकारीको शब्द र मोहित मुनालले संगीत दिएका छन् । स्नेहा शर्माको निर्देशनमा तयार ‘क्रन्दन’ मा निरोज श्रेष्ठको सिनेमेटोग्राफी रहेको छ । विरेन्द्र हमालको कोरिओग्राफी रहेको यो भिडिओ भरत रेग्मीले सम्पादन गरेका हुन् ।