Monday, May 11News That Matters

आज केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना

पूर्णपुष्टि, असार ८ 

आज देशको केहि ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको छ । १ न.प्रदेश, २ न. प्रदेश, वाग्मती प्रदेश र ५ न. प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्य ठाउँमा सामान्यदेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । ठूलो वर्षाका कारण नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मनसुनी वायुको प्रभाव रहेकाले आज दिनभर नै पानी पर्ने महाशाखाले जनाएको छ । यस्तै आज राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा ५ न. प्रदेशमा समान्य बदली हुनेछ भने बाँकी प्रदेशमा पूर्ण बदली हने जनाईएको छ ।