आज गुरुङहरुको तमु ल्होसार धुमधाम मनाईँदै

पूर्णपुष्टि, पुष १५
आज गुरुङ जातिहरुको बिषेश चाँड तमु ल्होसार धुमधामका साथ मनाईदैछ । नेपालमा बिभिन्न जातजातिहरु मध्ये गुरुङ जातिहरुले आफ्नो संस्कार संस्कृति र पहिचानलाई बचाउन यो चाँडलाई बिषेश गरी मनाउँदै आएको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।

तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् । ल्होसार विशेषगरी तीन किसिमका हुन्छन् । तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्वो ल्होसार । तमु ल्होसार गुरुङ समुदायले प्रत्येक वर्ष पुस १५ का दिन मनाउने गर्छन् भने सोनाम ल्होसार तामाङ समुदाय र ग्याल्वो ल्होसार हिमाली जनजातिले आ(आफ्नो तिथि(मिति अनुसार मनाउने गर्छन् । समग्रमा ल्होसारको अर्थ नयाँ वर्षको आरम्भ भन्ने नै हो ।

चक्रीय रूपमा विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीको प्रतीक स्वरूप रहने गर्दछ । जसलाई तमु भाषामा ल्हो (वर्ग० भन्ने गर्दछ । यस वर्ष अर्थात् पुस १४ गतेसम्म ल्वों ल्हो (गाई वर्ग) थियो भने पुस १५ बाट तो ल्हो (बाघ वर्ग) प्रारम्भ हुनेछ । उदाहरणको रूपमा तमु समुदायमा कसैको उमेर सोध्नु परेमा सालको सट्टामा ल्हो सोध्ने प्रचलन छ ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: