
पूणर्पुष्टि,फागुन ९ । शेर्पालगायत उत्तरी हमिाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज ग्याल्पो ल्होछार (नयाँ वर्ष) वभिन्नि कार्यक्रम गरी मनाउँदै छन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतपिदाका दनिदेखी शेर्पा जातीहरुको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । ग्याल्पो ल्होछारका अवसरमा सरकारले आज देशभर सार्वजनकि विदा दइिएको छ ।
शेर्पा संस्कृतअिनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ, बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मकि क्रयिाकलाप संचालन हुन्छ । आजै देखि १५ दनिसम्म बुद्धले ऋद्ध शिक्तमािथ विजयिीप्राप्त गरेको सम्झनामा वशिेष कार्यक्रम गरी मनाइन्छ ।
ल्होसारको यस विशेष साँझमा खाइने एउटा विशेष परिकार जो विभिन्न नौ प्रकारका अन्न मिसाएर तयार पारिएको हुन्छ त्यसलाई गुथुकु भनिन्छ । यो परिकारलाई आफन्त, नातागोता तथा इष्टमित्र र घर गाउँले मिलेर एक आपसमा खुसी साटासाट गर्दै बाँडेर खाने गर्दछन् । गुथुक पिठोको छुट्टाछुट्टै डल्ला बनाई त्यसभित्र बेग्लाबेग्लै सेतो कपडा, गहुँ, कागज, खुर्सानी, कोइला, घ्यू र नुन राखेर पकाइएको हुन्छ । उक्त गुथुकको डल्लालाई खाने बेलामा कसको गुथुकभित्र के पर्यो भनेर सबैले खोलेर हेर्दछन् । जसमा सेतो कपडाको टुक्रापर्यो भने उसको मनोकामना पूरा हुने, गहुँ परेमा धन सम्पत्ति बढ्ने, कागजको टुक्रा परेमा विद्वता बढ्ने, खुर्सानी परेमा खरो स्वभावको हुने, कोइला परेमा कपट स्वभावको हुने, घ्यू परेमा चिप्लो स्वभाव हुने र नुन परेको खण्डमा बनेका योजनाहरू सफल हुने मान्यता शेर्पा समुदायमा रहेको छ ।
