Monday, June 15News That Matters

आज घोडेजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा

पूर्णपुष्टि,चैत्र ७ । आज नेपाली पात्रो अनुसार घोडे जात्रा पर्व परेको छ । घोडे जात्राको अवसरमा काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदै छ । नेपला सरकारले प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन मनाइने घोडे जात्रा पर्व अवसरमा सार्वजनिक बिदा समेत दिएको छ ।

घोडा,घोडचढी,घोडसवार,यात्रा, अनि युद्धजस्ता मानव सभ्यताको इतिहासमा घोडा र मानवबिचको सहकार्य निरन्तर छ । नेपाली सेनाले टुँडिखेलमा विभिन्न झाँकी प्रदर्शन गरेर घोडेजात्रा मनाउँदै छ ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको रूखमा वास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो ।

यसै मिथकका आधारमा प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने चलन चलेको बताइन्छ । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास छ ।