Sunday, June 14News That Matters

महिनौं देखी विद्यार्थिमाथि यौन शोषण गर्ने शिक्षक थुनामा

पूर्णपुष्टि, चैत ७ । महिनौं देखी विद्यार्थिमाथि यौन शोषण गरेको आरोपमा एकजना शिक्षकलाई पुर्पक्षकालागी थुनामा पडाएको छ । चितवनको भरतपुरकी १५ वर्षकी बालिकालाई ८ महिनादेखि लगातार यौन शोषण गरेको आरोपमा भरतपुर महानगरपालिका–१२ घर भएका शिक्षक सन्तोष क्षेत्रीलाई पुर्पक्षको लागि थुनामा पठाइएको हो ।

नर्सिङको तयारी कक्षा पढाउने शिक्षकले आफुलाई करिब ८ महिनादेखी धम्काएर यौन शोषण गरेको भन्दै फागुन ५ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएकी थिईन् । उनको जाहेरीको आधारमा गत माघदेखि काभ्रेको भुम्लु गाउँपालिकामा रहेको शारदा माध्यमिक विद्यालयमा माध्यमिक स्थायी दरबन्दीमा विज्ञान विषय पढाउन गएका क्षेत्रीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।

चितवन जिल्ला अदालतका न्यायाधीश बासुदेव न्यौपानेको एकल इजलासले प्रमाणका आधारमा क्षेत्रीलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो । शिक्षक क्षेत्रीलाई सोमबार नै जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए । पाण्डेका अनुसार बालिकाले प्रहरीमा उजुरी दिएपछि मात्रै उनको परिवारले समेत छोरीमाथि भएको यौन शोषणबारे जानकारी पाएका थिए ।

बालिकाले जाहेरीमा शिक्षक क्षेत्रीले १४ वर्षको उमेरदेखि यौन शोषण गर्दै आएका जाहेरीमा उल्लेख गरेकी छन् । उनी गत मंसिर १४ गतेदेखि १५ वर्ष लागेकी छन् । भरतपुर–१२ घर भए पनि भरतपुर–१० मा डेरा लिएर शिक्षक क्षेत्रीले यौन शोषण गर्दै आएको उनले बताइन् । शिक्षकले पटक–पटक आफूमाथि बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।