पूर्णपुष्टि, असोज १८ गते ।
आज सन् २०१७ अक्टोबर ३ तारिख । आजको दिन हरेक बर्ष बिश्व भरि जनावर दिवस मनाइन्छ । मानज जीवनका लागि जनावरको महत्व निकै छ ।
घरपालुवा वा जंगली जनावर आ आप्mनै महत्व छ । घरपालुवा जनावरले मानवको सुरक्षा संकट, खाद्य संकट टार्नेदेखि काममा सघाउनेसम्मले गरेको पाईन्छ । कुकुरले सुरक्षा गर्दछ । गधा, घोडाले दुवानीको काम गर्दछ । गोरुले जोत्ने काम गर्दछ । गाईभैसीले दुध दिने काम गर्दछ । राँगा, खसी, बंगुरले मासु दिने काम गर्दछ । यस्तै अन्य धेरै काम छन् ।
जंगली जनावरलेसमेत प्राकृतिक संरचनालाई बचाउने काम गरिरहेका हुन्छन् । यिनै जनावरका महत्वका कारणले जनावर अधिकारकर्मी हरुले आजको दिनलाई जनावर दिवसको रुपमा मनाउने माग गरे अनुरुप विश्वभर मनाउदै गरिएको छ ।
सनातन धर्मको हिसावले जनावरहरुलाई भगवानको रुपमा पनि लिइन्छ । भैरव को बाहन कुकुर, पार्वतीको बाहन बिरालो, गणेशको बाहन मुसो लगायत सबै भगवानका बाहनहरु जनावरका रुपमा पुज्य छन् ।
कुकुर तिहार, गाई तिहार, गोरु तिहार लगायतका चाँड हरुमा पुज्ने नै गरिन्छ । पृथ्वीमा बस्ने अधिकार जनावरहरु सबैलाई समान छ । जनावरलाई खाना, बस्तु, उत्पादन या दासका रुपमा मात्र नहेरिकन असल व्यवहार गर्नुपर्छ भन्ने यो दिवसको मान्यता रहेको छ । जनावर अधिकार अनि मानव जनावर बीचको स्वस्थ र मैत्रिपूर्ण समबन्ध स्थापना गर्न हामी सबैजना सफल हुन सकौं भन्ने दिवसको मर्म हो ।