
पूर्णपुष्टि, असार १९
नेपालमा आज थप ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।
त्यस्तै आज उक्त संक्रमित मध्ये थप ८ सय २३ जना उपचारपछि निको भएका छन् । योसँगै निको हुनेको संख्या ६ हजार १ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज थप १ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । यो सँगै संक्रमणको कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
