
पूर्णपुष्टि, बैशाख १७ गते ।
आज दिउँसो पश्चिम तराईका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पूर्व नजिकै बनेको न्यून चापीय क्षेत्र, पश्चिमी र स्थानीय वायु तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभरिकै मौसम बदली भए पनि तराईमा हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
दिउँसो बादलमात्र लाग्ने पनि मध्य र पूर्वका केही ठाउँमा राति चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको जनाईएको छ ।
