
पूर्णपुष्टि, असोज १६
आज दिउँसो देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्र सक्रिय रहेकाले आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै हिजो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट बाहिरिएको मनसुन नेपालबाट बाहिरिन भने अझै केही दिन लाग्ने भएको जनाईएको छ ।
नेपालका थोरै ठाउँमा केही दिन हल्का पानी पर्ने संभावना रहेकाले मनसुन पुरै हट्न समय लाग्ने भएको जनाईएको छ ।

