
पूर्णपुष्टि, जेठ ३२ गते ।
आज देशको केही ठाउँमा ठूलो वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १ देखि ५ सम्मका सबै भूभागमा दिउँसो पानी पर्ने र प्रदेश १ र २ मा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मनसुन भित्रिइसकेकाले देशका सबै ठाउँमा बदली हुने पनि जनाएको छ ।
अहिले प्रदेश १, वाग्मती प्रदेश, प्रदेश ५, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा पानी परिरहेको छ । पानी पर्ने क्रम दिनदिनै बढ्दै जाने सम्भावना छ ।
यसैबीच ठूलो पानी पर्ने स्थानमा बाढि र पहिरोको जोखिम हुने भएकाले सचेत रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन र बाढीको बारेमा जानकारी लिन टोल फ्रि नम्बरमा ११ ५५ फोन गर्न पनि विभागले अनुरोध गरेको छ ।
