Tuesday, July 7News That Matters

आज नेपाल ज्योतिष परिषद स्थापना दिवस

पूर्णपुष्टि,पुष २४ । प्रत्यक वर्षको जनवरी ६ पौष २४ लाई नेपाल ज्योतिष परिषद् स्थापना दिवसको रुपमा मनाउने प्रचलन रहेको छ । भन्नलाई पुष फासफुस भनेर पुष महिनालाई छिटो र पारिलो घामको अचेटमा राखिएको भनेता पनि यस महिनामा धेरै मह्त्वपुर्ण दिन अनि एतिहासिक दिनहरु पनि रहेका छन् । यीनै सम्झना अनि दिन बिशेषमा हरेक वर्षको पुष २४ गतेलाई नेपाल जयोतिष स्थापना दिवसको रुपमा मनाउने गरेको पाइन्छ ।

हुन त ज्योतिष शास्त्रलाई खगोल शास्त्र सँग जोडेर आकाशीय पिण्डहरूको अध्ययनका रूपमा मात्र लिने गरिएको भए पनि ज्योतिष शास्त्रलाई आकाश र जमिन दुवैको मानवीय अवस्थितीसंगको सापेक्षिक अध्ययनका रूपमा लिइन्छ । नेपाल ज्योतिष परिषद् ज्योतिष विज्ञानको प्रवर्द्धनमा समर्पित एक नाफारहित सामाजिक संस्था हो । नेपाल ज्योतिष परिषद् (नेपाल ज्योतिष परिषद्) नामक गैर नाफामूलक संस्थाका रूपमा विसं २०५५ साल पौष २४ अर्थात् जनवरी २४ सन् १९९९मा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएको हो ।

अहिले नेपाल ज्योतिष परिषद्को सबै प्रदेशहरूमा प्रदेश समिति र कार्यालयहरू रहेको पाइन्छ ।