Friday, May 22News That Matters

आज नेप्से परिसूचक घट्यो

पूर्णपुष्टि, साउन २९

आज शेयर बजार परिसूचक नेप्से साढे १६ अङ्कले घटेको छ । नेप्से १६.५३ अङ्कले घटेर १४ सय ८.७९ अङ्कमा झरेको हो ।

व्यापार बाहेक अरु सबै समूहको शेयर ओरालो लागेको छ । जीवन बीमा समूहको शेयर ९९ अङ्कले, निर्जीवन बीमा समूहको ७६ अङ्कले, उत्पादन समूहको ३२ र माइक्रोफाइनान्स समूहको शेयर २७ अङ्कले घटेको छ । एक अर्ब सात करोड ४३ लाख रुपैयाँ बराबरका ३४ लाख नौ हजार कित्ता शेयर किनबेच भएका छन् ।

सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ६७ लाख र एनआईसी एसिया बैंकको ६ करोड रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडका शेयरधनीले साढे पाँच प्रतिशतभन्दा धेरै गुमाएका छ्न् ।

समग्र शेयर बजार घटे पनि दिव्येश्वरी हाइड्रोपावरका शेयरधनीले दश प्रतिशत कमाएका छन् ।