
पूर्णपुष्टि, भदौ ३
आज नेप्से परिसूचक साढे १६ अङ्कले घटेको छ । बुधबार परिसूचक १६.६ अङ्कले घटेर १३ सय ९१.२९ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
सबैभन्दा धेरै जीवन बिमा समूहको परिसूचक १ सय ३६.५९ अङ्कले घटेको छ । दिनभर ९७ करोड ६२ लाख रुपैयाँ बराबरका २४ लाख ७४ हजार कित्ता शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
सबैभन्दा धेरै सिटिजन इन्भेस्टमेन्ट ट्रस्टको आठ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ । नेप्से परिसूचक घटे पनि समृद्धि फाइनान्स कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले भने १० प्रतिशत कमाएका छन् ।
प्रुडेन्टियल इन्स्योरेन्स कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले भने झण्डै चार प्रतिशत गुमाएका छन् ।
