
पूर्णपुष्टि, भदौ ३
निर्वाचन आयोगमा नेकपा एमाले नाम गरेको दल दर्ता भएको छ । ययस पार्टीको पूरा नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत–मार्क्सवादी, लेनिनवादी) रहेको आयोगले जनाएको छ ।
सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमालेको महासचिवमा मनिषकुमार उपाध्याय रहेको आयोगले जनाएको छ । यो दलको चुनाव चिह्न उदाउँदो सूर्य रहेको छ ।
पाँच सयभन्दा धेरै मतदाताको हस्ताक्षरसहित घोषणापत्र, विधानलगायत प्रमाणपछि आयोगमा दल दर्ता भएको हो ।
गत असार १२ गते नै दल दर्ताका लागि आवेदन परे पनि आवश्यक कागजात नपुगेको भन्दै रोकिएको थियो । योसँगै निर्वाचन आयोगमा एक सय ३२ वटा दल दर्ता भएईसकेको छ ।
