
पूर्णपुष्टि, भदौ ३
नेपालमा आज थप छ सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २८ हजार नौ सय ३८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा एक सय २० जना उपचारपछि निको भएर घर डिस्चार्ज भएको छ । योसँगै निको हुनेको संख्या १७ हजार सात सय पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय २० पुगेको छ ।
