Friday, May 22News That Matters

अमेरिकी राष्ट्रपति उमेदवारमा डेमोक्र्याटिक पार्टीका जो बाइडन

पूर्णपुष्टि, भदौ ३

अमेरिकी राष्ट्रपतिको उमेदवारका लागी डेमोक्र्याटिक पार्टीले जो बाइडेनलाई औपचारिक रुपमा अनुमोदन गरेको छ । पार्टीको चार दिने अधिवेशनका क्रममा दोस्रो दिन बाइडेनलाई औपचारिक रुपमा उम्मेदवार घोषणा गरेको हो ।

कोरोना भाइरसको महामारीले गर्दा डेमोक्र्याटिक पार्टीले ठूलो सभा गर्नुको साटो यस पटक भर्चुअल विधिबाट अधिवेशन चलाइरहेको छ । पार्टीका निर्वाचित प्रतिनिधिहरुले भर्चुअल विधिबाटै ७७ वर्षीय बाइडेनलाई अनुमोदन गरेको जनाईएको छ ।

अमेरिकामा आउँदो नोभेम्बरमा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।