
पूर्णपुष्टि, फागुन १९
आज पनि नेप्से परिसूचक घटेको छ । नेप्से १.६ प्रतिशतले घटेको हो ।
हिजोको तुलनामा ३९.२३ अंकले घटेर नेप्से परिसूचक २ हजार ४ सय १६ विन्दुमा झरेको हो । नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । आज २ सय १२ कम्पनीको ६ अर्ब २५ करोड ४८ लाख ९ हजार बराबरको १ करोड १३ लाख ९२ हजार १ सय ३५ कित्ता शेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको २९ करोड ९७ लाख ६ हजार बराबरको शेयर कारोबार भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन र चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्य १० प्रतिशत तथा हिमालयन पावर पार्टनरको शेयरमूल्य ८.१६ प्रतिशत बढेको छ ।
त्यस्तै एशियन लाइफ इन्स्योरेन्स र बरुण हाइड्रोपावर कम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले घटेको छ ।
