
पूर्णपुष्टि, फागुन १९
दाङमा एक बालिका बलात्कृत भएकी छिन् । बबई गाउँपालिकामा पर्ने ट्वाङखोलाको जङ्गल हुँदै नजिकैको गाउँमा जाँदै गर्दा बेलुकी करिब ६ बजे बालिका बलात्कृत भएकी प्रहरीले जनाएको छ ।
बलात्कारको आरोपमा १२ र १३ वर्षका बालकहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । माछा मारेर फर्कदै गरेका बालकहरुले ११ वर्षीय बालिकालाई जङ्गलको बाटोमा एक्लै भेटेपछि १३ वर्षको बालकले बलात्कार गरेको र १२ वर्षको किशोरले बालिकालाई समातेको प्रहरीको खुल्न आएको प्रहरीले जनाएको छ ।
बालिकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
