Wednesday, May 20News That Matters

लिम्चुङ्बुङमा माटो परिक्षण शिविर सम्पन्न

मिलन परियार
लिम्चुङ्बुङ, फागुन २०

उदयपुरको कर्णली भनेर चिनिने लिम्चुङ्बुङ गाउँपालिकामा माटो परिक्षण शिविर सम्पन्न भएको छ ।

लिम्चुङ्बुङ गाउँपालिका–३ बाराहामा गाउँपालिका अध्यक्ष कृषि कार्यक्रम अन्तरगत कृषि बिकास शाखाको आयोजना  र कृषि ज्ञान केन्द्र उदयपुरको प्राविधिक सहयोगमा बुधबार माटो परिक्षण शिबिरसम्म्पन भएको हो ।

माटोमा भएको अवस्था पहिचान गरी त्यस माटोमा कुन बाली लगाउदा राम्रो हुन्छ भन्ने उद्देश्यले शिविरको  आयोजना गरिएको आयोजक लिम्चुङ्बुङ गाउँपालिका कृषि  शाखाले जनाएको छ ।

पालिकालाई कृषि क्षेत्रमा आत्मानिर्भर बनाउने उद्देश्यले गाउँपालिका अध्यक्ष कृषि परियोजना कार्यक्रम अन्तरगत पालिकाको ५ वटै वडामा माटो परिक्षण शिबिर संचालन गरिएको लिम्चुङ्बुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले बताउनुभयो । माटोको पहिचान गरी आधुनिक प्रविधिबाट खेती गर्न आबश्यक भएकाले माटो परिक्षण अनिवार्य रहेको उहाँले बताउनुभयो ।

शिविरमा सिर्जनसिल सुवेदी युवा कृषक समुहको संयोजन र कृषि ज्ञान केन्द्र उदयपुरको आयोजनामा १ दिने जैबिक तथा बानास्पति बिषादी प्रयोग बिस्तार सम्बन्धि तालीम दिएको छ ।  सिर्जनसिल सुवेदी युबा कृषक समुहका २५ जना कृषकलाई कृषि औजार बाल्टिन, ड्रम, स्प्रे ट्यान्की, तरकारीको बिउबिजन प्रदान गरिएको जनाएको छ ।

पछिल्लो समय रासायनिक मल र विषीको बढ्दो प्रयोगले मानव जिबनमा त्यस्ले ठूलो असर पर्दै गईरहेको छ । त्यसैले रासायनिक मलको साटो स्थानीय स्तरमानै उपलब्ध हुने तितेपाती, टिमुर, बनमारा लगाएतका बनस्पतिबाट जैविक  बिसादी बनाउन सकिने र सोही बिसादी प्रयोग गर्दा मानव जिबनमा फाईदा पुग्ने भएकाले जैविक बिसादीको प्रयोग महत्वपूर्ण भएको कृषी शाखाले जनाएको छ ।