Friday, May 22News That Matters

आज नेप्से ९ अंकले बढ्यो

पूर्णपुष्टि, भदौ ९

आज शेयर बजार परिसूचक नेप्से साढे नौ अङ्कले बढेको छ । नेप्से नौ.३४ अङ्कले बढेर १४ सय ४०.९४ अङ्कमा पुगेको छ ।

मङ्गलबार व्यापार, उत्पादन र सामूहिक लगानी कोष बाहेक अरु सबैजसो कम्पनीको शेयर बढेको छ । जीवन बीमा समूहको शेयर एक सय ५१ अङ्कले, निर्जीवन बीमा समूहको ३२ अङ्कले, माइक्रोफाइनान्सको २० र अन्य समूहको शेयर १८ अङ्कले बढेको छ ।

एक अर्ब ८५ करोड ५१ लाख रुपैयाँ बराबरका ३९ लाख ४० हजार कित्ता शेयर किनबेच भएका छन् । नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै झण्डै आठ प्रतिशत कमाएका छन् । तर समग्र शेयर बजार बढे पनि समृद्धि फाइनान्सका शेयरधनीले भने साढे ६ प्रतिशत गुमाएका छन् ।