Tuesday, June 30News That Matters

आज प्रदेश १, २ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

पूर्णपुष्टि, असोज १० 

आज प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशको केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । तर धेरै ठाउँको मौसम दिउँसो खुल्ने जनाईएको छ ।

झरी पर्ने प्रणाली कमजोर हुँदै गएकाले हिजोदेखि नै कम पानी पर्दै गएको महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशको केही ठाउँमा पानी पर्ने सम्भावना छ ।

त्यस्तै प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको मौसम एकैछिन खुल्दै फेरि बादल लागेर एक/दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने जनाईएको छ ।

आज राती पनि प्रदेश १ र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । देशका अरु प्रदेशमा पनि हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना जनाईएको छ ।