Wednesday, June 17News That Matters

आज यी प्रदेशहरुमा हिमपातको सम्भावना

पूर्णपुष्टि, माघ १८ गते । केहि दिनदेखी नेपालमा पश्चिमी वायुको प्रभावले गर्दा तराईका विभिन्न भागमा हुस्सु र कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकीमा हिमपातको सम्भावना रहेको छ ।

दिउँसो देखी रातीसम्म उच्च पहाडी भागमा आंशिक बदली भई हिमपात हुने महाशाखाले जनाएको छ । अरु ठाउँमा मौसम सामान्यतया सफा रहने छ । अब दैनिक रूपमा तापक्रम बढ्नुका साथै चिसो घट्दै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तापक्रम बढे सँगै चिसो घट्ने छ । आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस रहेको छ ।