
पूर्णपुष्टि, असार २ गते ।
देशको विभिन्न ठाउँमा आज र भोली झरी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन सक्रिय भएकाले विशेषगरी मध्य र पूर्वी नेपालका विभिन्न ठाउँमा रातिदेखि नै पानी पारिरहेको छ । मनसुनी प्रणाली पश्चिम सर्ने क्रममा रहेकोले रातिदेखि नै धेरै ठाउँमा पानी परिरहेको महाशाखाले जनाएको छ ।
यो प्रणाली बेलुकीसम्ममा पश्चिम पुग्ने भएकाले आज र भोलि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ । एकैछिन पानी पर्न रोकिए पनि फेरि पानी परिहाल्ने जनाईएको छ । कतै कतै ठूलो पानी पर्ने भएकाले हिँडडुल गर्दा सावधानी अपनाउन पनि आग्रह गरिएको छ ।
