Tuesday, April 21News That Matters

गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, असार २ गते । 

गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ सय २३ जना पुगेको छ ।

थपिएका संक्रमितहरु गोरखाका १० जना, स्याङ्जाका ४ जना, नवलपरासीका २ जना, कास्कीका १ जना र बागलुङका १ जना रहेका छन् ।

गोरखाको गोरखा नगरपालिकाका ३२, ३५, २१, २६, ५३, २९, २५ वर्षका पुरुष, ३१ वर्षका महिला र बारवापक सुलिकोट गाउँपालिकाका ५३ र २५ वर्षका पुरुष, स्याङ्जाको चापाकोट नगरपालिकाका १८, ३५, ३९, १८ वर्षका पुरुष, नवलपरासीको विनयत्रिवेणी गाउँपालिकाका १८ वर्षका पुरुष, मध्यविन्दु नगरपालिकाका १९ वर्षका पुरुष, कास्कीको पोखरा महानगरपालिकाका २१ वर्षका पुरुष र बागलुङको ताराखोला गाउँपालिकाका ३४ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको गण्डकी स्वास्थ्य निर्देशदालयले जनाएको छ ।

सवै संक्रति भारतबाट आएर स्थानीय तहको क्वारेन्टाइनमा बसेकाहरु रहेको जनाईएको छ ।