Tuesday, April 21News That Matters

१६ जना जिल्ला प्रहरी प्रमुख सरुवा

पूर्णपुष्टि, असार २ गते । 

प्रहरी प्रधान कार्यालयले १६ वटा जिल्लाका प्रहरी प्रमुख सरुवा गरेको छ । एक वर्ष कार्यअवधि पुरा भएका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको हो ।

प्रहरी मुख्यालयले निकालेको सूची अनुसार भक्तपुर प्रहरी परिसरका प्रमुख सविन प्रधान सरुवा भएको छ । भने उनको ठाउँमा एसपी तारादेवी थापालाई पठाइएको छ ।

त्यस्तै, कास्कीमा प्रहरी प्रमुख एसपी दानबहादुर कार्की विशेष ब्युरो ल्याइएको छ भने त्यहाँ जीवनकुमार श्रेष्ठ पठाइएका छन् । महोत्तरीमा टिका केसी, सिराहामा उमाशंकर पञ्जियार र बाँकेमा ओमबहादुर राणा पठाइएका छन् ।

तनहुँमा अरुण पौडेल, धनकुटामा गोविन्द अधिकारी, डोटीमा जनकराज पाण्डेय, पूर्वी नवलपरासीमा दिपक रेग्मी, पाल्पामा दिपकराज खरेल, इलाममा नविनराज राई, कविलवस्तुमा नवराज अधिकारी, उदयपुरमा भिमबहादुर दाहाल, सुर्खेतमा राजेन्द्रप्रसाद भट्ट, मोरङमा सन्तोष खड्का र गोरखामा सुरेन्द्रबहादुर गुरुङ पठाइएका छन् ।