Tuesday, April 21News That Matters

चौदण्डिगढी नपाका काम कारवाही नगर र नगरबासीकाे हितबाहिर छैन : मेयर राई

पूर्णपुष्टि, असार १ ।

उदयपुरको चौदण्डीगढी नगरपालिकाले आज एक पत्रकार सम्मेलनको आयोजना गरी नगरपालिकाले नगर र नगरबासीको हितलाई ध्यानमा राखेर मात्र काम कारवाही भईरहेको जनाएको छ ।

पालिकाका मेयर खगेन्द्र राईले जनताप्रति पूर्ण उत्तरदायी भई नितीगत तथा आर्थिक नियम अनुसार पारदर्शी ढंगबाट कामकारवाही भईरहेको बताउनुभयो । केही समयअघि नेकपा चौदण्डीगढी नगर समितिले आधारहिन टिप्पणी र आरोप लगाएको भन्दै त्यस्तो भ्रममा नपर्न उहाँले नगरबासीलाई अनुरोध गर्नुभयो । कोरोनाजस्तो विश्व महामारीको संक्रमणबाट नगर र नगरबासीलाई जोगाउन अहोरात्र खटिरहेको अवस्थामा नगरपालिकालाई कमजोर पार्ने नियतले लगाइएको भ्रामक कार्यको निन्दा गर्दै यस्तो जटिल अवस्थामा विरोध हैन सहयोग गरेर नगर र नगरबासीको हितमा आउन आव्हान पनि गर्नुभयो ।

स्थानीय सरकार सञ्चालन ऐन र अन्य प्रचलित ऐन नियमभन्दा बाहिर काम गर्न नहुनेमा सचेत रहेको भन्दै नेकपा नगरले पालिकामाथि लगाएको आरोप जस्तो अनियमितता र अपारदर्शी नरहेको बताउनुभयो ।

उहाँले नगरपालिकाले सञ्चालन गरेका हरेक क्रियाकलापहरु सम्बन्धति वडाको सिफारिसमा गर्ने गरेको र प्रचलित ऐन नियमको आधारमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरणको हिसावले गर्ने गरेको बताउनुभयो ।

नगरक्षेत्र र नगरबासीको हितमा विकास, निर्माणदेखि सामाजिक सुरक्षा, आर्थिक सहयोगसम्मको काम पारदरर्शी र प्रभावकारीढंगले गरेको उहाँले बताउनुभयो । कोरोना जस्तो महामारी विरुद्धसमेत सशक्त र सफलरुपमा लडिरहेको भन्दै आगामी दिनका लागि सोही ढंगले लाग्ने बताउनुभयो ।

नगरबासीहरुको आर्थिक विकासप्रति संवेदनशील भई नागरिकहरुको जीवनस्तर सुदृढ गर्ने काममा दत्तचित्त र इमान्दार भई नगरपालिका परिवार लागी परेको भन्दै पालिकाको स्थापना कालदेखि नै प्रजातान्त्रिक व्यवहार, सुशासन र सदाचारमा सदैव लागीरहेको र आगामी दिनमा सञ्चालन हुने सबै कार्यक्रमहरु, योजनाहरुसमेत सोही अनुसार गरिने मेयर राईले बताउनुभयो ।

जिल्लाका क्रियासिल पत्रकारहरुको उपस्थिति रहेको पत्रकार सम्मेलनमा पालिकाका प्रवक्ता रामकुमार खड्काले नगरपालिकालाई निराधाररुपमा लगाइएको आरोप र त्यसको वास्तविकता बुदागतरुपमा प्रष्ट्याउनुभएको थियो । १६ वटा बुँदासहितको जानकारी पत्र पत्रकार सम्मेलनमा वितरण गरिएको थियो ।

पत्रकार सम्मेलनमा प्रस्तुत १६ बुँदे जानकारी पत्र यसप्रकार छ ।