Tuesday, April 21News That Matters

माटिखोप बोजेको हेल्प डेस्क सेवा स्थगित

पूर्णपुष्टि असार १ गते ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ र स्थानीय युवाहरुको सहकार्यमा गत वैशाख ६ गतेबाट संचालमा आएको हेल्थ, हेल्प डेक्स आईतबारदेखि स्थगित भएको छ ।

त्रियुगा नगरपालिका–६ माटिखोप बोजेमा संचालन गरेको हेल्प डेक्स कोरोनाको संक्रमण कम भएको र वर्षातको कारण सेवा दिनमा गाह्रो भएकाले सेवा दिन स्थगित गरेको नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरका अध्यक्ष मधुकर थापाले बताउनुभयो ।

हेल्प डेक्सबाट अहिलेसम्म ५ हजार १ सय ६८ जनालाई प्रत्यक्ष सेवा प्रदान गरेको अध्यक्ष थापाले बताउनुभयो । डेक्सले गाउँ आवतजावतमा निगरानी राख्दै थर्मल गनले ज्रोना नाप्ने, माक्स र सेनिटाईनजर वितरण गर्ने काम गरेको उहाँले बताउनुभयो ।

गाउँमा मादिरा जन्य वस्तु उत्पाद तथा विक्रिवितरण र गाँजा जन्य वस्तु सेवनले युवाहरु कुलतमा फस्दै गएकाले पटक पटक मदिरा र गाँजा खाने युवाहरुलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाउने काम भएको अध्यक्ष थापाले बताउनुभयो ।

गाउँका मादिरा उत्पाद गर्ने उत्पादकलाई पटक पटक सम्झाएको र व्यावसाय परिवर्तन गर्नका लागी सहयोग गर्ने जनाएको छ ।