Sunday, June 7News That Matters

आज विदेशी मुद्राको भाउ घट्बढ

माघ १४ गते । 

आज विदेशी मुद्राको भाउ घटबढ भएको छ । मंगलबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १४ रुपैयाँ र बिक्रीदर १ सय १४ रुपैयाँ ६० पैसा तोकेको छ । हिजो खरिददर १ सय १३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ४३ पैसा रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ८३ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा रहेको थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४८ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ १० पैसा र बिक्रीदर ३१ रुपैयाँ २६ पैसा थियो ।

ओमानी रियाल १ को खरिददर २ सय ९६ रुपैयाँ ९४ पैसा रहेको छ । हिजो यसको खरिददर २ सय ९८ रुपैयाँ ६१ पैसा रहेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा तोकेको छ । हिजो ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा रहेको थियो ।

मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४ पैसा र बिक्रीदर २८ रुपैयाँ १९ पैसा रहेको छ । सोमबार खरिददर २८ रुपैयाँ र बिक्रीदर २८ रुपैयाँ १५ पैसा रहेको थियो । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा तोकेको छ । हिजो यसको खरिददर ९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा तोकेको थियो ।

कुवेती दिनार १ को खरिददर ३ सय ७५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३ सय ७७ रुपैयाँ ३० पैसा तोकेको छ । हिजो यसको १ को खदिदर ३ सय ७४ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३ सय ७६ रुपैयाँ ७२ पैसा थियो । त्यस्तै बहराइन दिनार १ को खरिददर ३ सय २ रुपैयाँ ४० पैसा र बिक्रीदर ३ सय ३ रुपैयाँ ९९ पैसा तोकेको छ । हिजो खरिददर ३ सय १ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३ सय ३ रुपैयाँ ४८ पैसा रहेको थियो ।