
माघ १४ गते ।
दाङबाट चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेका छन् । दंगिशरण गाउँपालिका–१ निबासी २४ वर्षीय सौगात घर्ति र चेतबहादुर पुन छालासहित पक्राउ परका हुन् ।
चितुवाको छाला बोकेर हिँडिरहे भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटेका प्रहरी टोलीले सोमबार बेलुकी ५ बजे घोराही उप–महानगरपालिका–१४ को नयाँ बसपार्कबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुले बोकेको झोला चेकजाँच गर्ने क्रममा झोलाभित्र प्लास्टिकको बोरामा लुकाइ छिपाई राखेको टाउको (बङ्गरा) देखि पुच्छरसम्मको पूरै भाग भएको चितुवाको छाला बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
