
उदयपुर, माघ १४ गते ।
त्रियुगाको लालपत्ताबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन् । त्रियुगा नगरपालिका–६ को प्रहरी चौकी लालपत्ताबाट चेक जाँचमा खटेका प्रहरी टोलीले पक्राउ गरेका हुन् ।
लहानबाट गाईघाट तर्फ आउँदै गरेको ना ५ ख ८४७९ र ना १ ज ७३४३ नम्बरको यात्रुवहाक बसमा सवार चार जनालाई लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
ना ५ ख ८४७९ नम्बरको बसमा सवार त्रिनपा–१६ निबासी २२ वर्षीय सन्तोष परियार र मोरङ हसन्दह निबासी २३ वर्षीय पुष्पराज तिम्सिना पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नाईट्रोजेपाम ३४ ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै ना १ ज ७३४३ नम्बरको बसमा सवार सप्तरीको खडक नगरपालिका–५ निबासी २२ बर्षीय सुन्दर मण्डल र १५ बर्षीय मोहम्बद फिरोज पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट एक सय ८७ ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका चारै जनालाई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
