Monday, May 4News That Matters

आज विश्व अग्रज दुर्व्यवहार जागरुकता दिवस मनाइदै

पूर्णपुष्टि,जेष्ठ ३२ । विश्वमा लगभग सबै देश अनि महादेशहरुमा गएका सन् २०१५ देखि सन् २०३० सम्ममा अग्रज उमेर सुमहका मान्छेहरुको सख्याँमा वृद्धि आउने छ । बढ्दो स्वास्थ सेवामा पहुँच, जीवनको गुणस्तरमा बृद्धि लगायत अन्य जीवन रक्षक परिवेश र सुविधाले मान्छेको औसत आयू बढ्दै छ, यसका कारण अग्रज उमेर समुहका मान्छेहरुको सख्याँ वढ्दै छ अनि त्यससंगै बढिरहेको छ । विश्व जनसख्याँको यो ठूलो हिस्सा बोकेका हिस्सालाई आदर अनि सम्मानका साथ व्यवहार गर्न नसकिने हो भने विश्वमा सकल मानव अधिकार र स्वतन्त्रताको सिद्धान्त नै गलत साबित हुने देखिन्छ ।

अग्रज दुव्र्यवहारका सिमाहरु शारीरीक कुटपीट देखि लामो समयसम्म हुने मानसिक आघातसम्म पनि हुन सक्दछ । अग्रजहरु माथि हुने यस्ता दुव्र्यवहारका विषयमा खासै अनुसन्धान या अध्ययन भएको पाँइदैन तर बृद्धबृद्धा भएपछि हामीले वहाँहरुलाई गर्ने व्यवहार अनि सम्वोधनले जानाजान या अन्जानमा पनि हामीले वहाँहरुलाई ठोस पूर्याइरहेका हुन्छौं ।अझ सम्पती, अशंवण्डा, पेवा फाँट अनि जीवनीको सम्पतीका बिषयमा हुने झगडामा सबैभन्दा दुख्ख र कष्ट पनि अग्रज पुस्ताले नै बेहोर्दछन्, बृद्धबृद्धा प्रतिको बेथीति नेपाली समाजमा पनि कहाली लाग्दै छ ।

हरेक वर्ष जुन १५ तारिखमा अग्रजहरुका लागि मैत्रि समाज, राष्ट्र अनि नीतीको वकालत गर्दै विश्व अग्रज दुव्र्यवहार विरुद्धको जागरुक्ता दिवस मनाइने चलन छ , आज त्यसै दिन हो ।