Friday, October 4News That Matters

आज विश्व रेबिज बिरुद्धको दिवस

पूर्णपुष्टि, असोज १२ ।

आज सेप्टेम्वर २८ तारिकका दिन । आज विश्वभरि रेबिज विरुद्धको दिवस मनाईन्छ । आजको दिन विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरेर, रेबिजका बारेमा, यसको रोकथाम अनि यस विरुद्ध सुरक्षाका कुराहरु विश्वभर सम्प्रेषण गरेर मनाइने दिन हो ।

रेबिज मानव सभ्यतासगै धेरै अगाडिदेखि देखिएको रोग हो । रेबिज लागेका अर्थात रेबिज जनावरहरुको र्यालबाट सर्ने यो रोगले मानव इतिहासलाई र चिकित्साविज्ञानलाई राम्रो चुनौती दिएको हो । अहिले आएर आधूनिक चिकित्सा पद्धती अनि भ्याक्सिन अर्थात प्रतिरोधात्मक खोपहरु प्रयोग गरेर तथा यस्तो जनावरले टोकिसकेछी पनि औषधीको मात्रा पुरागरेर, सुइलगाएर रेबिलाई समयमै निको पार्न सकिन्छ तर ढिला भएमा र भाइरसले अधिक प्रभाव पारिसकेमा भने रेबिज अझै पनि असावधानीले निम्तिने प्राणघातक रोग नै हो ।

सरकारी स्वास्थ्य चौकीमा रेबिज विरुद्धको खोप अनि रेबिज भाइरस शरीरमा छिरिसकेछी लगाइने पोस्ट एक्पोजर अफ प्रोपिलाइसिस अर्थात पिइपि सुई सहजै उपलब्ध छ ।

तर, यो संक्रमण को जोखिममा हामीसबै जना छौ त्यसैले ध्यान पुर्याउन जरुरी छ ।
रेबिजबारे यस्तै संक्रमण सम्भावना अनि स्वास्थ्य सुरक्षा तथा सेवाहरु, उपचारात्मक र निरोधात्मक विधीहरु बारे सचेत हुने र सचेत बनाउने दिनको रुपमा मान्नुपर्दछ ।

कसरी बच्ने उपायहरु-
विशेषज्ञहरुका अनुसार रेबिजबाट बच्न यो रोग लागेको कुकुरका लक्षणहरू पहिचान गर्नुपर्छ र निम्न कुरामा विशेष ध्यान दिनुपर्छ ।
कुकुरलाई कहिल्यै जिस्क्याउनु हुँदैन । उसले खाना खाइरहेको र बच्चालाई दूध चुसाइरहेको बेला दख्खल पुर्‍याउनु हुँदैन ।
1.कुकुरको नजिकै दौडेर हिंड्नु हुँदैन, त्यति बेला उसले झम्टन सक्छ ।
कुकुरसँग कहिल्यै आँखा जुधाउनु हुँदैन ।
2.अनजान कुकुर नजिकै आएमा नआत्तीकन अडिक भएर उभिएर बिस्तारै उल्टो दिशामा र्फकनुपर्छ ।
कुनै कुकुरले सुँघ्न आउँछ भने सुँघ्न दिनुपर्छ ।
3.कथम् कदाचित कुकुरले झम्ट्यो भने आफ्नो अनुहार प्राथमिकतासाथ बचाउनुपर्छ ।
कुकुरले टोकेमा गर्नुपर्ने उपचार
1.टोकेको ठाउँलाई राम्रोसँग साबुन पानीले १५ मिनेटसम्म सफासँग धोई प्राथमिक उपचारका लागि नजिकको अस्पताल जानुपर्छ ।
2.कुकुरको दैनिक निगरानी राख्ने र कुकुर १० दिनमा मर्छ या मर्दैन त्यो निक्र्योल गर्ने । १० दिनमा कुकुर मरेमा त्यो रेबिज नै हो ।
3.कुकुरलाई रेबिजविरुद्ध खोप लगाइएको थियो वा थिएन, त्यो पत्ता लगाउनुपर्छ ।
4.कुकुर बहुलाएर हो वा जिस्काउँदा या अन्य केही कारणले टोकेको हो त्यो नोट गर्नुपर्छ ।
5.रेबिज रोगलाई निर्मूल पार्न सम्पूर्ण कुकुरलाई एन्टिरेबिज खोप लगाउनुपर्छ । घरपालुवा कुकुरलाई त अनिवार्य खोप लगाउनुपर्छ र छाडा छोडिएकाहरूलाई पनि खोप लगाउने भूमिका राज्यले गर्नुपर्छ । राज्यले र स्थानीय निकायले पोथी कुकुरको बन्ध्याकरण पनि गर्न सकिन्छ । जसरी हुन्छ मुख्य उद्देश्य भनेको अनियन्त्रित कुकुरको संख्या घटाउनु नै हो । (अनलाईनहरुको सहयोगमा)

प्रकाशित मिति – २०७४ असोज १२ गते ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0