Friday, May 22News That Matters

आज शेयर बजारमा सुधार

पूर्णपुष्टि, साउन २८

आज शेयर बजारमा सामान्य सुधार भएको छ । नेप्से परिसूचक बुधबार १.५१ अङ्कले सुधार भएर १४ सय २५.३२ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

बैंकिङ, होटल, निर्जीवन बीमा, उत्पादनमूलक, जीवन बीमा र म्युचल फन्डको उपसूचक बढेका छन् । व्यापार, विकास बैंक, जलविद्युत्, फाइनान्स, अन्य र माइक्रोफाइनान्स समूहको उपसूचक भने घटेका छन् । आज ९५ करोड १९ लाख ६० हजार रुपैयाँ बराबरका ३० लाख कित्ता शेयर किनबेच भएका छन् ।

युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको बुधबार सबैभन्दा धेरै ६ करोड २० लाख रुपैयाँ बराबरका शेयर कारोबार भएको छ । यस्तै नेपाल रिइन्स्योरेन्स कम्पनीको ६ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ ।

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर लगानीकर्ताले झण्डै १० प्रतिशत कमाउँदा युनियन हाइड्रोपावर लिमिटेडका शेयर लगानीकर्ताले भने साढे ६ अङ्क गुमाएका छन् ।