Sunday, June 7News That Matters

आज सबै विदेशी मुद्राको भाउ घट्यो

माघ १५ गते । 

आज सबै विदेशी मुद्राको भाउ घटेको छ । बुधबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ४३ पैसा तोकेको छ । हिजो खरिददर १ सय १४ रुपैयाँ र बिक्रीदर १ सय १४ रुपैयाँ ६० पैसा रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा रहेको छ । हिजो खरिददर ३० रुपैयाँ ८३ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा रहेको थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४८  पैसा थियो ।

ओमानी रियाल १ को खरिददर २ सय ९६ रुपैयाँ १८ पैसा रहेको छ । हिजो यसको खरिददर २ सय ९६ रुपैयाँ ९४ पैसा रहेको थियो । त्यस्तै आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा तोकेको छ । हिजो ३१ रुपैयाँ ४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेको थियो ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८६ पैसा र बिक्रीदर २८ रुपैयाँ रहेको छ । मंगलबार खरिददर २८ रुपैयाँ ४ पैसा र बिक्रीदर २८ रुपैयाँ १९ पैसा रहेको थियो । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा तोकेको छ । हिजो यसको खरिददर ९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा तोकेको थियो ।

कुवेती दिनार १ को खरिददर ३ सय ७४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३ सय ७६ रुपैयाँ ५९ पैसा तोकेको छ । हिजो यसको १ को खदिदर ३ सय ७५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३ सय ७७ रुपैयाँ ३० पैसा थियो । त्यस्तै बहराइन दिनार १ को खरिददर ३ सय १ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३ सय ३ रुपैयाँ ५२ पैसा तोकेको छ । हिजो खरिददर ३ सय २ रुपैयाँ ४० पैसा र बिक्रीदर ३ सय ३ रुपैयाँ ९९ पैसा रहेको थियो ।