
पूर्णपुष्टि, चैत १३
आज सुनको भाउ घटेको छ । सुन तोलामा ६ सय रुपैयाँले घटेको हो । सुनको भाउ आज तोलामा ८६ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो बजारमा सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेर ८६ हजार ९ सय रुपैयाँमा कारोवार भएको थियो ।
त्यसैगरी आज चाँदीको भाउ १ हजार २ सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
