
पूर्णपुष्टि, साउन २८
आज सुनको भाउ घटेको छ । सुन तोलामा ६ हजार २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९५ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन हिजो तोलाको एक लाख एक हजार ६ सय रुपैयाँ थियो । सुनको भाउमा एकैदिन धेरै रुपैयाँ घटेको यो पहिलो घटना हो ।
त्यस्तै चाँदी आज तोलामा २ सय २५ रुपैयाँ घटेर तोलाको एक हजार २ सय १० रुपैयाँमा झरेको छ ।
