
पूर्णपुष्टि, चैत ३ गते ।
आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । सोमबार सुन तोलाको पाँच सय रुपैयाँले बढेर ७७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुन तोलामा १५ सय रुपैयाँ घटेर ७७ हजारमा कारोबार भएको थियो । आज चाँदी तोलाको सात सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
