Sunday, May 17News That Matters

आज सुन चाँदीको भाउमा उतारचढाब

पूर्णपुष्टि,माघ ३०

आज सुन चाँदीको भाउमा उतारचढाब आएको छ । आज सुनको भाउ ६ सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ घटेर ९० हजार ९ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी चाँदीको प्रतितोला मूल्य ५ रुपैयाँले बढेको छ । बिहीबार १ हजार ३ सय १५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ आज १ हजार ३ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।