Wednesday, July 1News That Matters

आज होलीको दिन : उदयपुरमा ट्राफिक व्यवस्थापन कडाई, बजार एरियामा तिन ठाउँ चेकिङ

पूर्णपुष्टि, फागुन २३ । होली पर्वलाई मध्यनजर गर्दै आज उदयपुरको बिभिन्न शहरमा ट्राफिक व्यवस्थापन कडाई पारिने जनाईएको छ । जिल्ला ट्राफिक कार्यालय उदयपुरका इन्चार्ज आलोक दियालीका अनुसार गाईघाट सदरमुकामको बजार एरियाको तिन ठाउँमा मुख्य चेकिङको व्यवस्था गरिने जनाईएको छ ।

गाईघाट सँगै कटारी, बेल्टार, रामपुर जस्ता शहरहरुमा पनि ट्राफिक व्यवस्थापन कडाई गरिएको छ । साथै गाडी मोवाई चेकिङको पनि व्यवस्था गरिएको छ । आज लापर्वाही साधन चलाउने सवारीलाई स्पोर्टमै जरिवाना नकाटीने ५ बजे सम्म होल्ड गरेर माथिको आदेश अनुसार कार्वाही गरिने इच्चार्ज दियालीले जनाए ।