Saturday, June 6News That Matters

आज ४१० जनाले लिए पुनः श्रम स्वीकृति

पूर्णपुष्टि, असार २२

वैदेशिक रोजगारीमा जान आज ४ सय १० जनाले पुनः श्रम स्वीकृति लिएका छन् । सरकारले बिदामा आएका,भिसा र करारको अबधि भएकालाई पुनः श्रम स्वीकृति दिने गरी खुल्ला गरेसँगै सोमबार मात्रै १९ देशका लागि ४ सय १० जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।

सबैभन्दा धेरै १ सय ९२ जनाले यूएई जान पुनः श्रम स्वीकृति लिएका छन् । त्यसैगरी जापानका लागि ८९, मलेसियाका लागि २४ जना, कतारका लागि ४१ जना, बहराइनका लागि ६, ब्रूनाइका लागि ७, जोर्डनका लागि १ जना, कुवेतका लागि ११ जना, लेवनानका लागि १ जना, चीनका लागि ८ जना, माल्दिभ्सका लागि ३ जना, माल्टाका लागि ५ जना,ओमानका लागि ३ जना र पोल्याण्डका लागि ९ जनाले पुनः श्रम स्वीकृति लिएको जनाईएको छ ।

यस्तै, कोरियाका लागि २ जना, रोमानियाका लागि ४ जना, सेसल्सका लागि २ जना, यूगाण्डाका लागि १ जना र अमेरिकाका लागि १ जनाले पुनः श्रम स्वीकृति लिएको जनाईएको छ ।

सरकारले असार १८ गतेदेखि पुनः श्रम स्वीकृति दिन थाले पनि नयाँका लागि भने श्रम स्वीकृति खुला गरेको छैन ।