
पूर्णपुष्टि, असार २२
दाङमा २ लाख ३९ हजार रुपैयाँसहति ९ जना जुवाडे पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुर पार्क नजिकैको एक घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले नगदसहित जुवाडेहरुलाई पक्राउ गरेको हो ।
जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले नगद २ लाख ३९ हजार रुपैयाँसहित तुलसीपुर ७ का ३६ वर्षीय रेम सुनार, ३८ वर्षीय शिवबहादुर स्वर्णकार, ३९ वर्षीय धनेश्वर सेर्पाइली, २७ वर्षीय सन्तोष नेपाली, ३६ वर्षीय खिमबहादुर सुनार, ३३ वर्षीय रविन्द्रसिङ नेपाली, तुलसीपुर ८ का ४८ वर्षीय टंकबहादुर सुनार, ३५ वर्षीय शोभाराम सुनार र तुलसीपुर ५ का ३७ वर्षीय टेकबहादुर विश्वकर्मा पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुमाथी थप अनुसन्भान भईरहेको प्रहरीले जनाएको छ ।
