Friday, June 26News That Matters

कोरोना रोकथाम तथा नियन्त्रणको लागी स्वास्थ्य जिवन कार्यक्रम

पूर्णपुष्टि, असार २२

उदयपुरमा कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागी स्वास्थ्य जिवन कार्यक्रमण भएको छ । सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य शाखा निर्देशनालय १ नम्बर प्रदेशको आयोजनामा सोमबार गाईघाटमा कार्यक्रम भएको हो ।

यो कार्यक्रम एक घर एक जडिबुट्टी, योग र नकारात्मक जिवनशैली व्यावहार परिवर्तन गर्ने उद्देश्यका साथ संचालन भएको छ । जिल्ला, पालिका, वडा र टोल–टोलसम्म पुर्याउने योजनाको परिकल्पना गरी गत वर्ष १ न. प्रदेशको २ वटा प्रदेशबाट कार्यक्रम सुरु गरेको थियो ।

यो अतिआवश्यक विषय भएकाले आफुबाट नै लागु गर्नुपर्दछ । स्वास्थ्य क्षेत्रमा पालिका सक्रिय रहेकाले स्वास्थ्य सस्थामा सफल भएको जिल्ला समन्वयन समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले बताउनुभयो । पछिल्लो समयमा चौदण्डिगढी नगरपालिमा निर्माण भएको आईसोलेसनमा नै कोरोना संक्रमितहरुलाई उपचार भईरहेको उहाँले बताउनुभयो ।

मानिसले दैनिक खाना, व्यायम, आरम र व्यावहार परिवर्तन गरे स्वास्थ्य रहिने कुरालाई पहिला आफुबाट सुरुवात गरी अरुलाई सिकाउनु पर्ने प्रमुख परियारले बताउनुभयो । यो कार्यक्रम राम्रो भएकाले सवै मिलेर लागे लक्ष्य प्राप्त गर्न सकिने उहाँले बताउनुभयो ।

गत वर्ष मोरङ र झापामा मात्रे यो कार्यक्रम संचालन गरेको स्वास्थ्य निर्देशनालयका स्वास्थ्य जिवन कार्यक्रमका फोकलपर्शन वैधनाथ शाहले बताउनुभयो । तर यस वर्ष प्रदेशको १४ वटै जिल्लामा पुग्ने लक्ष्य राखिएको भएपनि परिस्थिती नभएपछि ६ वटा जिल्ला छानेर कार्यक्रम गरेको शाहले बताउनुभयो । धनकुटा, ईलाम, सुनसरी, उदयपुर, मोरङ र झापा रहेको छ । कोरोना भाईरसको महामारीले गर्दा कार्यक्रम पछाडी धकेलिएको उनले बताउनुभयो ।

घाम भन्दा पहिला उठ्ने, व्यायाम वा योग गर्ने, खानपानमा विशेष ध्यान दिने, समयमा सुत्ने गर्यो भने स्वास्थ्य रहिन्छ । तर पहिलो कुरा भान्छा सुधार्नु पर्दछ । यो सवैले आफुबाट लागु गर्न जरुरी छ ।

यो कार्यक्रम सर्ने र नसर्ने दुवै रोगको नियन्त्रणको लागी हो । त्यसैले टोल–टोलबाट नै कार्यन्वयन हुन जरुरी छ । यो कार्यक्रमले धुम्रपान मध्यपान सेवन गर्ने मानिसको संख्या घट्ने अपेक्षा लिएको स्वास्थ्य जिवन प्रवद्र्धन कार्यक्रम (अभियान)का स्वायमसेवी अभियानता निर्मल बरालले बताउनुभयो । यस अभियानलाई सफल बनाउन सवै पक्षले एक भएर लागी पर्नु पर्छ । त्यसमा पनि जनप्रतिनिधहरुको नेतृत्व चै अगाडी हुनु पर्ने उनले बताउनभयो ।

उदयपुरमा कोरोना संक्रमणको अवस्था बारे स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी गराउँनुभएको थियो । अहिलेसम्म उदयपुरमा ४ हजार ९२ जनाको स्वाव संकलन गरी सकेको र आईतबारसम्म ३७ सय २६ जनाको रिपोर्ट आएका मध्ये १८ महिला र ५४ पुरुषमा मात्रै संक्रमण पुष्टि भएको जानकारी गराउनुभयो ।