
पूर्णपुष्टि, असार २२
नेपालमा आज थप १ सय ८० जनामा कोरोना संक्रमित पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज थप २ सय ६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै ६ हजार ८ सय ११ निको भईसकेका छन् ।
हिजो अर्थात असार २१ गते वाग्लुङको ढोरपाटन नगरपालिकाका २९ वर्षीय एक जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।
