Monday, July 6News That Matters

आत्माहत्या प्रयासमा सप्तकोशीमा हामफालेका ६ जनालाई प्रहरीले गर्यो सकुशल उद्धार

पूर्णपुष्टि, भदौ ३

आत्माहत्या प्रयासमा सप्तकोशीमा हामफालेका ६ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुसल उद्धार गरेको छ ।

सप्तकोशीमा हामफालनेहरु सुनसरी गढीका ७८ वर्षीय पुरुष, विराटनगरकी ५५ र ३५ वर्षीया महिला रहेका छन् ।

त्यसैगरी भारत मधुवनीका २५ वर्षीय युवक, इटहरीकी ६५ वर्षीया महिला र काभ्रेपलाञ्चोककी ४० वर्षीया महिला समेतलाई आत्महत्याका लागि नदीमा हामफालेको अवस्थामा प्रहरीले सकुशल उद्धार गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिए । आत्महत्याको प्रयासमा कोशीमा हाम फालेका सबैकोे सकुशल उद्धार गरी परिवारको जिम्मा लगाइएको कार्कीले जनाएको छ ।

ब्यारेजको पुलबाट नदीमा हाम फालेका उनीहरु सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका प्रहरीले सकुशल उद्धार गरेको हो ।