
अर्जुन जम्नेली राई
काठमाडौ, साउन २६ गते ।
नेपाल आदिवासी जनजाती महासंघको नेतृत्वमा चलिहरेको “आरक्षण बचाऔँ आन्दोलन“ मा प्रहरीले हस्तक्षेप गरेको छ ।
लोक सेवा आयोगले संविधान र कानुनको मर्म विपरित आरक्षण कटौती गरेपछी आदिवासी जनजाती, महिला, दलित, मधेसी, अपाङ्गता र पीछडा क्षेत्रकाले संयुक्त रुपमा आन्दोलन गर्दै आएका छन्।
पूर्वघोषित कार्यक्रम अनुसार सिहंदरबार अगाडी शान्तिपूर्ण धर्ना दिने कार्यक्रममा आदिवासी जनजती महासंघको उपाध्यक्ष गोबिन्द छन्त्याल, दलित गैसस महासंघको अध्यक्ष, भक्त विश्वकर्मा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको अध्यक्ष कुमार लिङ्देनसहित १४ जनालाई प्रहरीले गिरफ्तार गरेको किरात राई यायोक्खा केन्द्रिय उपमहासचिव भीम राईले बताए ।

दलमर्दन कामी, सुखवीर थामी, सहेक विश्वकर्मा, हेमन्त राई, काशिन्द्र यादव, राकेश राई, सि एन थारू, कल्पना सुनार, उस्पार सुनार, थाङ्साङ लावती, वाङ्जु तामाङलाई प्रहरीले पक्राउ गरेको राईले बताए ।
पक्राउ परेका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई महेन्द्र पुलिस क्लबमा राखेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव अशोक चेम्जोङले बताए । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग भएपछी आन्दोलनकारी आक्रोसित भएको उनले बताए ।
खोसिएको अधिकार स्थापित गर्नुको सट्टा दिनदिनै प्रहरी दमन बढ्न थालेपछी सरकारी कदमको आदिवासी जनजाती महासंघमा आबद्ध संघसस्थाहरुले भ्रत्सना गर्दै आएका छ्न । लोक सेवा आयोगले स्थानीय तहको लागि नौ हजार १ सय ६१ कर्मचारीको दरखास्त आव्हान गर्दा आरक्षण ७० प्रतिशत भन्दा बढी घटाएपछी सम्बन्धीत समुदाय आन्दोलनमा रहेका छ्न ।
