राजेशपायलमाथि अमेरिकामा भएको दुर्व्यवहारको कलाकारहरुद्वारा घोर भर्त्सना

पूर्णपुष्टि, पुष १८
अमेरिकाको न्युयोर्क शहरमा अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित एक कार्यक्रममा राजेशपायल राईमाथि दुर्व्यवहार भएको छ । गायक राजेशपायलमाथि अमेरिकामा भएको अभद्र व्यवहारको अमेरिकामा रहेका कलाकारहरुले घोर भर्त्सना गरेको छ ।
गायक राईमाथि शुक्रबार न्युुयोर्कमा एक सांगीतिक कार्यक्रमका क्रममा पासाङ दावा शेर्पा नाम गरेका व्यक्तिले अभद्र व्यवहार गरेका थिए ।
अमेरिकामा रहेका कलाकारहरुले दोषीलाई कारबाहीको दायरामा ल्याउन जोडदार माग समेत गरेका छन् । स्टेजमा गीत गाइरहेको समयमा राजेशपायलमाथि शेर्पाले हातपात गरेका थिए । उनको घाँटी निमोठ्दै उनीमाथि स्टेजमा शेर्पाले दुर्व्यवहार गरेका थिए ।
आयोजकले घटना सामान्य भएको भन्दै ढाकछोप गर्न खोजेको विषयलाई समेत अमेरिकामा रहेका कलाकारहरुले भर्त्सना गरेका छन् ।
नेपाली सांगीतिक क्षेत्रका चर्चित हस्तीहरुले समेत गायक राईमाथि भएको दुर्व्यवहारको कडा शब्दमा निन्दा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: