Wednesday, June 3News That Matters

आफ्नै साथीलाई गोली प्रहार गर्ने पक्राउ

पूर्णपुष्टि, फागुन २४ ।
आफ्नै साथीलाई गोली प्रहार गरी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरको छ । धनुषाको जनकपुरधमम उपमहानगरपालिका–१९ शिवपुर बस्ने २५ वर्षीय रुपेश यादवलाई पक्राउ गरको हो ।
यादवले शनिबार शिवपुरस्थित आफ्नो मामाको घरमा बस्दै आएका १८ वर्षीय मुकेश मुखियालाई गोली हानेर फरार भएका थिए । मुकेश धनुषाको कमला नगरपालिका–८ घर भई हाल मामा घरमा बस्दै आएका थिए । धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेका अनुसार अनुसन्धानको क्रममा मुकेश मुखिया र रुपेश यादव साथी रहेको खुलेको छ ।

मुकेश आफ्नो मामाको किराना पसलमा बसिरहेको अवस्थामा रुपेशले आएर अचानक गोली प्रहार गर्दा घाँटीमा गोली लागेर उनी गम्भीर घाइते भएका छन् । उनको नर्भिक अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । प्रहरीले घटनामा प्रयोग भएको पेस्तोल तथा संलग्न व्यक्तिलाई खोजी गर्ने क्रममा आइतबार विहान घटनास्थलभन्दा ६०/७० मिटरको दुरीमा जगदीश साहको खाली खेतमा म्यागजिन नभएको अटोमेटिक पेस्तोल फेला पारेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष अनुसन्धान टोलीले धनुषाको धनौजी गाँउपालिका–४ स्थित नेपाल भारतको सिमा क्षेत्रबाट भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरेको उपरीक्षक रजौरेले जानकारी दिए । उनका अनुसार रुपेशले घटनामा आफ्नो संलग्नता रहेको स्वीकार गरिसकेका छन् ।