Friday, January 24News That Matters

आफ्नो आँखाको ख्याल गरौं अनि आँखा नहुने हरुलाई माया र सदाशयता गरौं

पूर्णपुष्टि, असोज २६ गते ।

आज बिश्व दृष्टि दिवस । विश्वभर विविध कार्यक्रमका साथ मनाइन्छ । वास्तवमै दृष्टिको महत्व कति धेरै छ भनेंर हामीले बुझेकै छौं र यसै अनुसार आफ्नो स्वास्थ अनि जीवनशैली पनि दिर्घदृष्टिका हेतुले अघि बढाउनुपर्छ ।

बिश्वव्यापी तथ्याकंका अनुसार बिश्वभरि करिब ३ करोड ६० हजार मान्छेहरु दृष्टिबिहीन छन् भनें २ अरब ४६ करोड हाराहारी मान्छेहरु कम दृष्टि या गहिरो प्रकृतीको दृष्टिजन्य समस्यावाट प्रभावीत छन् । दृष्टि अनि त्यस्को स्वस्थ र उपचार आजको बिश्वका लागि ठूलै चुनौती भएको छ, यस्तै मुद्धाहरुका बारे जनजागरण फैलाउने, पैरवी गर्ने अनि नेत्र दान जस्ता गहन अनि पुण्य दानका बारेमा अभिप्रेरित गर्ने अभिप्रायले दृष्टि दिवस मनाइन्छ ।

नेपालमा पनि दृष्टिबिहीनहरुको हकहितका लागि बिभिन्न संघसस्थाहरु कार्यरत छन् जस्मा नेपाल नेत्रहीन संघ भनें छाता संगठनका रुपमा कार्य गर्दछ । त्यस्तै बिभिन्न सरकारी तथा गैर सरकारी सस्थाहरु लगायत अन्य सञ्जालहरु जस्तै नेपाल नेत्रज्योती संघहरुले नेपालभरि नेत्रज्योतीका लागि आँखा केयर सेन्टर र उपचार अभियान गर्ने गरेका छन् ।
नपाली गाँउघरमा आफ्नो दृष्टिको हेरबिचार गर्नका लागि पर्याप्त जानकारी हरु दिन सकेको अवस्था छैन भनें आँखाको उपचारका लागि तुलनात्मक रुपमा सर्वसुलभ अस्पतालहरु त्यति छैनन् ।

बिराटनगर आँखा अस्पताल, लाहान आँखा अस्पताल, नेपाल आँखा अस्पताल त्रिपुरेश्वर, तिलगंगा आँखा अस्पताल, भक्तपुरको बिपी आँखा अस्पताल, चितवन आँखा अस्पताल, लगयत नेपालगन्जको आँखा अस्पताल अनि लायन्स क्लव द्धारा आँखा पचारार्थ खोलिएका सामुदायिक आँखा अस्पतालहरु छन् । एसियाको नोवेल पुरस्कार मानिने रोमन म्यासेसे पुरस्कार यस्तै आँखा अनि दृष्टिको उपचार पद्धतीका लागि नेपालकै छोरा डाक्टर सन्दुक रुईतलाई सन् २००६ मा प्रदान गरिएको थियो । त्यो आज स्मरणगर्नुपर्छ ।

अहिले पनि अचाक्ली धुलोधुँवाले गर्दा शहरी क्षेत्रमा बस्ने नेपाली हरु आँखाको समस्याले अत्यन्त जटिल अवस्थामा छन्, काठमाडौ लगायतका शहरमा दैनिक हिँड्ने मान्छेहरुले सँधै जसो बिहान उठ्दा आँखा पोल्ने समस्या छन् । आफ्नो आँखाको ख्याल गर्नुपर्छ अनि आँखा नहुने हरुलाई माया र सदाशयता देखाउनुपर्छ यो नै आजको दिवसको मुल मर्म हो ।